घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु


१ भाद्र २०७६, आइतबार


बेत्रावती । नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेमा घाँस काट्न गएकी एक किशोरीको शनिबार भीरबाट लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय १७ वर्षीया रचना भट्ट रहेको सोही वडाका वडाध्यक्ष नरहरि भट्टले जानकारी दिए ।

उनको अनुसार आमासँग घरछेउको बारीमा घाँस काट्न गएकी ती किशोरीको लडेर मृत्यु हो ।

उनी बौद्धिक अपाङ्गतासमेत भएकाले घटनाको समयमा हारगुहार माग्न नसक्दा लडेर अत्यधिक रक्तश्रावको कारण मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस