सुदूरपश्चिममा मनाइँदै ओल्के पर्व « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुदूरपश्चिममा मनाइँदै ओल्के पर्व


१ भाद्र २०७६, आइतबार


बैतडी । आज भदौ १ गते सुदुरपश्मिमा ओल्के पर्व मनाइँदै छ । आजको दिन विभिन्न परिकार बनाएर कृष्तिसँग सम्बन्धित औजार तथा फलफूल आफन्तलाई ओल्को अर्थात उपहारदिने गरिन्छ । ओल्को भनेको उपहार अर्थात कोसेली हो । वर्षा पछि संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुशियालीमा ओल्को मनाउने प्रचलन छ ।

ओल्कोको रुपमा फलफुल, सागपात, अन्न, दुध, दहि, घिउ,गूड र पक्वान्न आदि मान्यजन र आफन्त कहाँ लगेर भेटघाट गर्न जाने चलन रहेको छ। धेरै जसो ठाउंमा मन्दिरमा अन्न चढाई ओल्को हाल्दछन्। यो पर्व कुनै धार्मीक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाहरुको मौलिक पर्व रुपमा पनि रही आएको छ। यसलाई सिंह संक्रान्ती पनि भन्ने गरिएको छ।

सुदूरपश्चिमका साथै भारतको कुमाउँ गढवालतिर पनि यो पर्व मनाईन्छ।

ओल्के संक्रान्तिका दिन गाँउ नजिकका डाँडामा सबै जना मिलेर रूखका हांगाबिंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। यो थुप्रोलाइ स्थानिय भाषामा ‘बुढी हालेको’ भन्दछन्। यो बूढीलाई असोज संक्रान्तिका साँझ गाँउका सबै जना मिलेर एकैसाथ पोल्ने चलन छ।

ओल्को परापुर्वकालमा केहि बर्ष अघि सम्म ठुलाबडालाई साना जातकाले चिनो बस्तु चढाउने दिनका रुपमा समेत रहि आएको छ ।

ओल्के संक्रान्तिताका सतरति (सातरातको झरि) पर्दछ। यो समयमा आकासमा तारा देखिएमा वा बन चर्न गएका भैसीका सिङ ओभानो भएमा समेत अनिकाल पर्ने संभाबना र ऋतुमति धर्तिले नबीन श्रृजना गर्ने थाल्ने विश्वास रहि आएको छ। प्रकृतिमा नयाँ नयाँ किसिमका बनस्पति र किरा फट्याङ्ग्राहरु देखिनुका साथै धुलो धुवा र फोहोर पखालिन्छ र पाखा पखेरामा नवधार (पानीका नयाँ मुहान) फुट्न थाल्ने पनि विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस