जीप दुर्घटनामा पत्रकार डायलसन अधिकारीको मृत्यु - प्रशासन प्रशासन
prasaLogo
३२ श्रावण २०७६, शनिबार

जीप दुर्घटनामा पत्रकार डायलसन अधिकारीको मृत्यु


प्रकाशित मिति : 17 August, 2019 12:35 pm

राजविराज । सप्तरीको कञ्चनरुप गाउँपालिकामा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । अन्य चार घाइते भएका छन् ।

बा १६ च २२३५ नम्बरको जीप शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११ मा बक्साहामा दुर्घटना भएको थियो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ३५ वर्षीय अधिकारी रेडियो नेपालमा कार्यरत थिए । घाइतेमध्ये चालक अशोक भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि विराटनगर लगिएको छ ।

पत्रकार अधिकारीसहितको टोली तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलनका लागि पूर्वतर्फ जाँदै थियो ।

प्रतिक्रिया दिनुहोस