व्यवस्थापन परीक्षण, यसका मूल उद्देश्य र मूल्याङ्कनका क्षेत्रहरु « प्रशासन

व्यवस्थापन परीक्षण, यसका मूल उद्देश्य र मूल्याङ्कनका क्षेत्रहरु


प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार ०६:३८

विषय प्रवेशः

“A Result oriented audit can provide the imputes for positive change”

व्यवस्थापन परीक्षण, निजी, व्यवसायिक वा सार्वजनिक व्यवस्थापकीय निकायहरुको आन्तरिक र कार्यसम्पादन परीक्षण हो । व्यवस्थापन परीक्षण भन्नाले संगठनको उद्देश्य, योजना, नीति, कार्यनीति र तीसँग सम्वन्धीत क्रियाकलापहरुको निरन्तर निदान र विश्लेषण गर्ने, सामान्यताया अनुगमन गर्न नसकिने कमजोरी हटाउने र व्यवस्थापनले ध्यान पुर्‍याउन नसकेका क्षेत्रहरुको सुधारको लागि सुझाव पेश गर्ने भन्ने वुझिन्छ ।

  • Management Audit is an examination of the administrative operation and organizational arrangement of organization using generally accepted standards of good management evaluation.
  • व्यवस्थापन परीक्षणको सुरुवात सन् १९६० को दशक देखि संयुक्त राज्य अमेरिकाबाट भएको हो ।
  • व्यवस्थापन परीक्षणले संगठनको उद्देश्य, नीति, योजना, संरचना, स्रोत साधनको प्रयोग तथा कार्य सम्पादन र कार्यप्रक्रियाहरुको सुपरिवेक्षण, अनुगमन र मुल्याङ्कन गरी संगठनमा बाञ्छित नियन्त्रण एवं सुधार गर्दै गतिशील संगठन र जवाफदेही प्रशासन निर्माणमा टेवा पुर्‍याउँछ ।

व्यवस्थापन परीक्षणका उद्देश्यहरुः

विश्वव्यापीरुपमा आएको नवीनतम सोच र त्यसले ल्याएको परिवर्तनले समग्र व्यवस्थापन सीपको माग गरेको छ । सवल व्यवस्थापन सीपभित्र क्षमता विस्तार, प्रतिवद्धता र संस्कृति निर्माण प्रक्रियाहरु पर्दछन् । जसले व्यवस्थापन परीक्षणलाई विश्वसनीय वनाउन मद्दत गरेको छ । व्यवस्थापन परीक्षणका मूल उद्देश्यहरुलाई देहाय वमोजिम उल्लेख गर्न सकिन्छः

  • संस्थागत उद्देश्यहरुको पहिचान गर्ने,
  • विद्यमान सक्षमता तथा प्रभावकारिताको विश्लेषण गर्ने,
  • अपेक्षित उपलब्धिहरु हासिल गर्नमा सघाउ पुर्‍याउने,
  • कार्यसम्पादनमा सुधार ल्याउने,
  • संगठनको हित संरक्षणका लागि स्वतन्त्र मूल्याङ्कन गर्ने,
  • सवल एवम् कमजोर पक्षहरुको पहिचान गरी सुधारका उपायहरु अवलम्वन गर्ने,
  • व्यवस्थापकीय जवाफदेहिता कायम गरी जनतालाई सुशासनको पूर्ण र यथार्थ अनुभूति दिलाउने,

व्यवस्थापन परीक्षण वा मूल्याङ्कनका क्षेत्रहरुः

व्यवस्थापन परीक्षण संगठनात्मक सुधारको वाटोमा नवप्रवर्तनात्मक उपाय हो । यसको उपयोगिता नितान्त आन्तरिक प्रयोजनका लागि हुन्छ । यसका कार्यक्षेत्रहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः

  • संगठनात्मक संरचना,
  • सार्वजनिक सेवा,
  • आर्थिक क्रियाकलाप,
  • क्षमताको उपयोग,
  • बजारीकरण,
  • वित्तीय नीति,
  • गुणस्तर व्यवस्था,
  • व्यवस्थापन समूहको महत्व,
  • अनुसन्धान र विकास,
  • राजश्व संरचना,

उपसंहारः

व्यवस्थापन परीक्षणको मूल उद्देश्य संगठनमा व्यवस्थापनका विभिन्न पक्षहरुको परीक्षण गरी तिनका सवल एवम् कमजोर पक्षहरुको पहिचान गरी सुधारका उपायहरु प्रस्तुत गर्नु हो, भने व्यवस्थापकीय जवाफदेहिता कायम गरी जनतालाई सुशासनको पूर्ण र यथार्थ अनुभूति दिलाउनु अन्तिम लक्ष्य हो । सांगठनिक क्षमता निर्माण, कर्मचारी कार्यसन्तुष्टि र ग्राहकसन्तुष्टि सुधारका लागि व्यवस्थापन परीक्षणलाई एक विश्वसनीय माध्यम वनाउनु जरुरी रहन्छ ।

प्रतिक्रिया दिनुहोस