पुराना कर्मचारीहरू कि त रूपान्तरण या त हट्नु पर्ने : मन्त्री पण्डित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पुराना कर्मचारीहरू कि त रूपान्तरण या त हट्नु पर्ने : मन्त्री पण्डित


३१ श्रावण २०७६, शुक्रबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पुराना कर्मचारीहरू कि त रूपान्तरण या त हट्नु पर्ने बताएका छन् ।

शुक्रवार कुश्मामा प्रेस सङ्गठन पर्वतले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पण्डितले काम नगर्ने र ठग कर्मचारीहरूलाई पाता कसेर बाँध्ने गरी ऐन आउन लागेको बताउँदै काम गर्नेलाई प्रोत्साहन र नगर्नेलाई कारबाही गर्ने गरी ऐन ल्याउन लागिएको बताएका छन् ।

कर्मचारीको अनुहार हेरेर सरुवा, बढुवा नगर्ने दाबी गरेका मन्त्री पण्डितले स्वेच्छाचारी ढङ्गले नभई योग्यता, क्षमता, ज्येष्ठता र प्रणालीको परिधिभित्र रहेर निजामती सेवाका कर्मचारीको बढुवा र जिम्मेवारी तोकिने बताए ।

आउँदो कात्तिकभित्र लोक सेवा आयोगले नतिजा प्रकाशन गरिसक्ने बताउँदै उनले त्यसपछि कुनै पनि तहमा कर्मचारीको अभाव नहुने बताए ।

मन्त्री पण्डितले सङ्घीय निजामती ऐन अन्तिम चरणमा रहेको र छिट्टै संसदबाट पारित हुने विश्वास व्यक्त गरे ।

कार्यालय समयमा कर्मचारी ट्रेड युनियन नहुने र सामूहिक राजीनामा दिनेलाई तत्काल बिदाइ गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस