२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाईजात्राको रौनक, व्यङ्ग्य प्रदर्शन

अ+ अ-

मध्यपुरथिमि । ‘घिनित्वाङ, घिनित्वाङ घिन्ताङ घिसी त्वाङ, ताहामचा गना ते ग्वाङखङ् प्वाले ते, ग्वाङ प्वाले मन्ह्यसा खुसिङ चुइक छोय’, आजदेखि भक्तपुरमा शुरु भएको सातदिने गाईजात्रा पर्वमा टोलटोलमा यही गीत गाएर घिन्ताङघिसी नाच नाच्दा गाईजात्रामा रौनक थपिएको छ ।

धार्मिक एवं ऐतिहासिक महत्व बोकेको गाईजात्राको प्रमुख आकर्षण एवं भक्तपुरमा मात्र नाचिने घिन्ताङघिसी नाच प्रदर्शनले गाईजात्राको रौनक थपिएको हो । घिन्ताङघिसी नाच जोडीजोडी बनेर लाठी जुधाएर नाच्ने गरिन्छ ।

आकर्षक नाचका रूपमा लिइने धार्मिक एवं ऐतिहासिक महत्व बोकेको घिन्ताङघिसी नाच गाईजात्राको दिन आज टोलटोलबाट निकालिएको हो । उपत्यकामा मनाइने गाईजात्रामध्ये भक्तपुरको जात्रा पृथक मनोरञ्जनात्मक एवं व्यङ्ग्यात्मक हुनेहुँदा यो जात्रा हेर्न टाढाटाढाबाट लाखौँकोे सङ्ख्यामा मानिस आएका थिए ।

एक वर्षभित्र मरेका आफन्तको दिवङ्गत आत्माले मोक्ष प्राप्त गरून् भनी प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाका दिनदेखि कृष्ण जन्माष्टमीसम्म सातदिन मनाइने गाईजात्राको दिन आज बिहानै कुखुरा नबास्दै भक्तपुर तलेजुस्थानबाट तलेजुको ताहामचा बनाई देश परिक्रमा गरेपछि यो जात्रा शुरु भएको हो ।

त्यसपछि सर्वसाधारण मान्छेको मृत्यु भएकाको मृतात्माको प्रतीक ताहामचा बनाई भक्तपुर नगर परिक्रमा गर्ने गरिएको थियो । गाईजात्राका दिन वर्ष दिनभित्र मरेकामध्ये मृत्युसंस्कार गर्न नपर्ने अथवा उमेर नपुगेका बालबालिकाको साँचा बनाई नगर परिक्रमा गर्ने प्रचलन छ ।

उमेर पुगेका ठूला व्यक्तिको मृत्युमा १५ हात लामो बाँसको तामचा बनाई नगर परिक्रमा गर्ने परम्परा भए पनि भूकम्पले टोलटोलमा टेको लगाइएकाले यस वर्ष सानोसानो ताहमचा बनाइएको थियो ।

जात्रामा करुण रस प्रधान गीतिलीला रामायणसमेत प्रदर्शन गरिएको थियो भने केहीले कालोमाटोको साँढे बनाई शृङ्गारपटारसाथ खटमा राखी केटाकेटीलाई आकर्षक तवरले सिँगारी बाजागाजासाथ बासा लुइके गरेर प्रदर्शन गरिएको थियो । जात्राको आकर्षणका रूपमा रहेको घिन्ताङघिसी नाचसँगै हनुमान नाच, भैरव नाच र माक प्याखं ९बाँदर नाच०, लाखे नाच, विभिन्न देवीदेवताको नाचसमेत टोलटोलमा प्रदर्शन गरिएको छ ।

विभिन्न घर तथा टोलबाट निकालिएको गाईजात्रा दरबार स्क्वायर, बालाखु गणेश, चोछेँ, भोलाछेँ, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरीस्क्वायर, वंशगोपाल, इताछेँ, खौमाको परिक्रमा गराउने गरिन्छ ।

जात्रा समापनका क्रममा साँझ परालबाट बनेको ताहमाचा र त्यससँगै भैरव नाचसमेत निकालिएपछि आजको जात्रा समापन भएको थियो । तौमढीस्थित भैरव मन्दिरबाट निकालिएको तमाचा, यसपछि सोही टोलभित्रभरिबाट निकालिएको अन्य ताहमचा र सबभन्दा पछि नकिङजु अजिमाको तमाचा निकाली वंशगोपाल हुँदै विभिन्न ठाउँमा परिक्रमा गरी दरबार स्क्वायर चोकमा तीनपटक परिक्रम गरेपछि जात्रा समापन गरिएको थियो । जात्राकै क्रममा विभिन्न व्यङ्ग्य एवं कार्टुनसमेत प्रदर्शन गरिएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस