५९ किलो गाँजासहित दुई पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

५९ किलो गाँजासहित दुई पक्राउ


३० श्रावण २०७६, बिहिबार


हेटौंडा । हेटौंडाबाट ५९ किलो ५८० ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् ।

मकवानपुरको कैलाश गाउँपालिका–६ बस्ने २० वर्षीय भिमसेन मोक्तान र सोही ठाउँ बस्ने २६ वर्षीय रोशन लामा पक्राउ परेका हुन् ।

उनीहरुलाई मकवानपुर प्रहरीले हेटौंडा उपहानगरपालिका–१० बसपार्क सडकखण्डबाट पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

भिमसेन चलाएको ५ ख १८२५ नम्बरको मिनी ट्रकको चालक बस्ने सिट मुनि लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको थियो । गाँजा बरामद भएपछि सोही ट्रकमा सवार लामालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस