२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री अर्यालद्वारा ‘कार्यसम्पादन सम्झौता’ पालनाको निर्देशन

अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याल र मन्त्रालयका सचिव गोपीनाथ मैनालीबीच आज ‘कार्यसम्पादन सम्झौता’ गरिएको छ ।

सबै मन्त्रालय तथा मातहत कार्यालयका कार्यसम्पादनको प्रतिवेदन सरकारलाई बुझाउने नीतिअनुसार गरिएको उक्त सम्झौतामा भूमि प्रशासनलाई व्यवस्थित गर्ने उद्देश्य राखिएको छ । मन्त्री प्रथम पक्ष तथा सचिव दोस्रो पक्ष रहने गरी भएको सम्झौतामा सचिवले प्रत्येक महीना कार्य विवरण मन्त्रीलाई बुझाउनु पर्नेछ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री अर्यालले सार्वजनिक, गुठी, सरकारी जमीनको संरक्षण गर्ने कार्य सरकारको प्राथमिकता रहेको बताउँदै भूमिको समुचित उपयोग गरी त्यसको उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘भूमि पूँजी र साधन दुवै हो, यस क्षेत्रमा देखिएका विकृतिको अन्त्य गरी सुशासन कायम गर्छौं ।’

मन्त्रालयअन्तर्गतका सबै कार्यालयमा सेवाग्राहीलाई छिटो छरितो गुणस्तरीय सेवा प्रदान गरी कर्मचारीलाई वैज्ञानिकरुपमा व्यवस्थापन गर्न सम्झौताले सहयोग गर्ने विचार व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन कायम गर्न सबै मन्त्रालयमा प्रभावकारी ढङ्गमा कार्यसम्पादन गराउन निर्देशन दिएका कारण उक्त सम्झौता गरिएको सचिव मैनालीले जानकारी दिए ।

उनले निर्धारित समयभित्र पूँजीगत खर्च हुन नसकेको अवस्थामा गरिएको उक्त सम्झौता महत्वपूर्ण भएको बताउँदै मासिक प्रतिवेदन बुझाउने अभ्यासले सरकारको वार्षिक नीति तथा बजेटसँग सम्बन्धित विषयवस्तु पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा सचिव मैनालीले मन्त्रालय मातहतका सबै विभागीय प्रमुखसँग पनि सोही सम्झौता गरेका थिए ।