काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको छ ।
अध्यक्षद्वयबीच भएको छलफलमा विवादीत विषयमा सहमति जुट्न नसकेपछि आजको बैठक पनि स्थगित गरिएको हो ।
स्कुल विभागमा विवाद कायमै रहेपछि त्यसमा सहमति जुटाउन अध्यक्षद्वयबीच बालुवाटारमा छलफल भएको थियो ।
बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।







