एक लाख ६० हजार घूससहित वडाध्यक्ष पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एक लाख ६० हजार घूससहित वडाध्यक्ष पक्राउ


२८ श्रावण २०७६, मंगलबार


पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्षसहित तीन जनालाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारको टोलीले मङ्गलवार महोत्तरी भँगाहा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मो.रफिक आलम, सदस्य कारी साह र वडा सदस्यको छोरा मुकेश साहलाई पक्राउ गरेको हो ।

सेवाग्राहीसँग योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी लिन सहज गराई दिए बापत एक लाख ६० हजार घूस लिएको आरोपमा वडाध्यक्ष आलमसहित तीनै जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस