नेकपाको सचिवालय बैठक सर्‍यो, स्कुलविभागमा आठ जनाको दाबी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेकपाको सचिवालय बैठक सर्‍यो, स्कुलविभागमा आठ जनाको दाबी


२८ श्रावण २०७६, मंगलबार


काठमाडौं । आज (मंगलबार) बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक बुधबारका लागि सारिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेताहरुसँग परामर्श गर्न समय चाहिएकोले बैठक बुधबारका लागि सारिएको हो ।

नेताहरुको कार्य विभाजन लगायतका कामको टुंगो लगाउन बैठक बस्न लागेको नेकपा स्रोतले जनाएको छ ।

यसैबीच नेकपाको स्कुल विभाग प्रमुखमा आठ जनाले दाबी गरेका छन् । यस अघि ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबी थियो । झलनाथ खनाललले पनि विभाग प्रमुख बनाइए जिम्मेवारी लिन तयार रहेको बताएका थिए । नेताहरुको दाबीका कारण स्कुल विभागको टुंगो लाग्न सकेको छैन । दाबी गर्नेको संख्या भने बढीरहेको छ ।

महासचिव विष्णु पौडेलले संकलन गरेको मौखिक तथा लिखित सुझावका क्रममा युवराज ज्ञवाली, घनश्याम भुसाल, बेदुराम भुसाल, देवेन्द्र पौडेल र राम कार्कीले स्कुल विभाग प्रमुखमा दाबी गरेका हुन् ।

अध्यक्षद्वयले मंगलबार आन्तरिक छलफल गरी बुधबार सचिवालय बैठकबाट जिम्मेवारी बाँडफाँडको टुंगो लाग्ने नेकपा स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस