बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट


२७ श्रावण २०७६, सोमबार


झापा । बिर्तामोड नगरपालिकाअन्तर्गत तीन वटा संयुक्त वडा कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको छ ।

बिर्तामोड–९ स्थित साबिक गरामनी गाविस भवनमा सञ्चालित वडा नम्बर ७, ८ र ९ को संयुक्त वडा कार्यालय भवनबाहिर सोमबार बिहान साढे चार बजे प्रेसर कुकर बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बम विस्फोटबाट वडा कार्यालयमा सामान्य क्षति पुगेको छ। कार्यालय भवनको भित्ता, ६ वटा झ्याल, कोठाभित्र रहेका फर्निचरका सामानमा क्षति पुगेको छ।

बिर्तामोड–भद्रपुर सडकखण्डसँगै जोडिएको संयुक्त वडा कार्यालयको भवन अस्थायी प्रहरी चौकी गरामनीबाट ५०० मिटर उत्तरमा पर्छ। घटनाबारे अहिलेसम्म कसैले जिम्मा नलिएको प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरूले बम विस्फोट गराएको हुन सक्ने आशङ्का गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस