डडेल्धुराबाट तीन लाख घुससहित वन अधिकृत पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डडेल्धुराबाट तीन लाख घुससहित वन अधिकृत पक्राउ


२७ श्रावण २०७६, सोमबार


घुस

डडेल्धुरा । डडेल्धुराबाट तीन लाख घुसससहित एक वन अधिकृत पक्राउ परेका छन् ।

अख्तियारको टोलीले गन्यापधुरा गाउँपालिका–१ भात्काँडाबाट सव–डिभिजन कार्यालय विपिनगर डोटीमा कार्यरत सहायक वनअधिकृत सुरेशचन्द्र डिसीलाई तीन लाख २६ हजार घुससहित पक्राउ गरेको हो ।

आइतबार साँझ विषेश सूचनाको आधारमा अख्तियारको क्षेत्रीय कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले डिसीलाई घुससहित पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेका डिसीलाई राति नै महेन्द्रनगर लगिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस