प्रदेश प्रहरीको नेतृत्वमा केन्द्रकै डीआईजी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेश प्रहरीको नेतृत्वमा केन्द्रकै डीआईजी


२६ श्रावण २०७६, आइतबार


काठमाडौँ । प्रदेश प्रहरीको नेतृत्व केन्द्रकै प्रहरी नायव महानिरीक्षक(डीआईजी)ले गर्ने भएका छन् ।

नेपाल सरकारले केन्द्रकै डीआईजीलाई प्रदेश प्रहरीको प्रमुखका रूपमा खटाउने गरी ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन सुपरिवेक्षण र समन्वयसम्बन्धी विधेयक’मा राज्य व्यवस्था तथा सुशासन समितिले सहमति जनाएसँगै उक्त व्यवस्था कायम हुने भएको हो ।

समितिबाट पारित विधेयकको प्रतिवेदनमा भनिएको छ, ‘नेपाल सरकारले नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षकलाई प्रदेश प्रहरीको प्रमुखका रूपमा खटाउने छ । प्रदेश प्रहरी प्रमुखका रूपमा खटिएको प्रहरी कर्मचारीले प्रदेश प्रहरीको पोसाक र दज्र्यानी चिह्न लगाई प्रदेश प्रहरीको रूपमा काम गर्नुपर्नेछ । प्रदेश प्रहरीले सम्बन्धित प्रदेश प्रहरी प्रमुखको नियन्त्रणमा रही कार्य सम्पादन गर्नुपर्नेछ ।’

प्रदेश प्रहरी प्रमुखले नेपाल प्रहरीको समान पदको प्रहरी कर्मचारीका लागि निर्धारण भएसरहको पारिश्रमिक र सुविधा पाउने व्यवस्था रहेको छ ।

यसरी खटाइएको प्रदेश प्रहरी प्रमुखलाई सरकारले सम्बन्धित प्रदेश सरकारको समन्वयमा अन्य प्रदेशमा वा नेपाल प्रहरीअन्तर्गतको निकायमा सरुवा गर्न सक्ने व्यवस्था समितिले पारित गरेको प्रतिवेदनमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस