५५ हजार घुससहित सब–इन्जिनियर पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

५५ हजार घुससहित सब–इन्जिनियर पक्राउ


२६ श्रावण २०७६, आइतबार


घुस

काठमाडौँ । नगराईन नगरपालिका धनुषाका सब–इन्जिनियर उमेश मण्डल ५५ हजार घुससहित पक्राउ परेका छन्।

सम्पन्न योजनाको कार्य सम्पन्न प्रतिवेदन तयार गरी रकम भुक्तानी लिन सहज गराई दिने भन्दै सेवाग्राहीसँग घुस मागेका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो।

जनकपुर उपमहानगरपालिका–६ अस्पताल रोडस्थित अञ्चल अस्पताल जनकपुर नजिकको रेडक्रस भवनको पश्चिमदक्षिण र बाह्रबिघा चौरको पूर्वदक्षिणबाट रङ्गेहात नियन्त्रणमा लिएको हो।

घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस