सिटिइभिटीका दुई नक्कली प्ररीक्षार्थी पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिटिइभिटीका दुई नक्कली प्ररीक्षार्थी पक्राउ


२६ श्रावण २०७६, आइतबार


पक्राउ

वीरगंज । सिटिइभिटीको नर्सिङ विषयको परीक्षामा दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

रौतहट यमुनामाई गाउँपालिका–१ जेठहरियाका २२ वर्षीय जोगेन्द्र नारायण यादव र रौतहटकै गढीमाई गाउँपालिका–६ धरमपुरका कौशल प्रसाद साह पक्राउ परेका हुन् ।

साउन २५ गते बिहान पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित नेशनल मेडिकल कलेजमा सिटिईभिटीको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जोगेन्द्रले रौतहट गढीमाई गाउँपालिका ६ धरमपुर बस्ने छोटेलाल यादवको नाममा र कौशलले रौतहटकै रमाकान्त साहको नाममा परीक्षा दिइरहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस