२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लाटीकोइली शिव मन्दिरको डिपिआर तयार

अ+ अ-

सुर्खेत । सुर्खेतको पुरानो धार्मिकस्थल वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित शिव मन्दिरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । मन्दिर क्षेत्रलाई व्यवस्थित र प्रमुख धार्मिक गन्तव्य बनाउने उद्देश्यले महायज्ञबाट सङ्कलित बजेटबाट डिपिआर तयार गरिएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विद्याभूषण मानन्धरले गुरुयोजना बमोजिम मन्दिर परिसरमा प्रतिक्षालय, चिल्ड्रेन पार्क, भजनकीर्तन कक्ष रहने बताए । “मन्दिर नयाँ बन्नुका साथै मूल गेट, सटरसहित पूजा सामग्री बिक्री कक्ष, अर्धनागेश्वर शिव मूर्ति, हवन गृह रहने गरी डिपिआर तयार भएको छ”, उनले भने ।

व्यवस्थापन समितिले डिपिआर बमोजिम यसै वर्षदेखि पुरानै स्वरुपमा निर्माण योजना शुरु गर्ने जनाएको छ । जीर्ण मन्दिरलाई थप व्यवस्थित गर्न विभिन्न समयमा शिव महापुराण, श्रावण मेला, लाटीकोइली धार्मिक शिव महोत्सवको आयोजना गरिएको थियो ।

महोत्सवबाट रु एक करोड २४ लाख ६० हजार पाँच सय सङ्कलन भएको अध्यक्ष मानन्धरले जानकारी दिए । यही बजेटबाट मन्दिर पुनःनिर्माणका साथै गुरुयोजना बमोजिमका संरचना बन्नेछन् । डिपिआर प्रफेक्ट सोलुसन्स पावर एण्ड इञ्जिनीयरिङ प्रालिले तयार गरेको हो ।