गोसाइँकुण्ड मेला जाने दैनिक दुई सय बढी तीर्थयात्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गोसाइँकुण्ड मेला जाने दैनिक दुई सय बढी तीर्थयात्री


२५ श्रावण २०७६, शनिबार


रसुवा । जनै पूर्णिमामा  रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने मेलामा जाने  तीर्थयात्रीको चाप बढेको छ ।

नागपञ्चमीदेखि मेला शुरु भएसँगै गोसाइँकुण्डमा स्नान गर्न जाने तीर्थयात्रीको चाप बढेको हो । दैनिक दुई सयभन्दा बढी तीर्थयात्री पुग्ने गरेको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ ।

मेलाका लागि  तीर्थयात्रीहरुको चापलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था चुस्त राख्न जिल्ला प्रशासन कार्यालय रसुवाले सबै सुरक्षा निकायसँग समन्वय गरि प्रमुख जिल्ला अधिकारीको टोली गोसाइँकुण्ड प्रस्थान गरेको छ ।

मेला व्यवस्थापन समितिले तीर्थ यात्रीका लागि खान, बास तथा घोडाचडीको दर रेट कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस