२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्ती किनारका बासिन्दा जोखिममा

अ+ अ-

बाँके । जब मनसुन शुरु हुन्छ, अनि राप्ती नदी किनारका बासिन्दाको निन्द्रा हराउँछ । कतिबेला राप्ती नदी उर्लिएर आउँछ र बगाउँछ भन्ने चिन्ताले वर्षायाममा राप्ती नदी किनारका बासिन्दा पालैपालो सुत्ने गर्छन् ।

नदी किनारका बासिन्दाको दिनचर्या बाढीकै त्रासमा बित्छ । डेढ दशकअघि निर्माण शुरु भएको राप्ती नदी तटबन्ध अहिलेसम्म अधुरै छ । होलिया र फत्तेपुरवासीले लामो समयदेखि पक्की तटबन्ध निर्माणको माग गर्दै आएका थिए । तटबन्ध नहुँदा बाढीले बर्सेनी खेतीयोग्य जमीन कटान गरिरहेको छ । बर्सेनी तटबन्ध बन्ने र भत्किने क्रम जारी छ । करोडौँ लगानी भयो । अहिलेसम्म न गाउँ जोगियो न खेतीयोग्य जमीन । यसअघि होलियाको टेपरी, चौफेरी र फत्तेपुरलगायत गाउँका बासिन्दा विस्थापित भएका थिए ।

हाल जनताको तटबन्ध कार्यक्रमले राप्ती किनारमा तटबन्ध निर्माण गरिरहेको छ । करीब रु एक अर्बको लागतमा राप्तीको कटान र डुबानको जोखिममा रहेका होलिया र फत्तेपुरमा १३ किलोमिटर पक्की तटबन्ध निर्माण भइरहेको छ । तटबन्ध निर्माण भइरहेका आठ प्याकेजमध्ये चार प्याकेजको काम सम्पन्न भएको छ । बाँकी ११ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माणको काम करीब ७५ प्रतिशत पूरा भइसकेको छ । तटबन्ध निर्माण गरेको ठाउँमा डरत्रास हटेको फत्तेपुरका दुर्गाप्रसाद पाण्डेले बताए ।

राप्ती किनारका बस्तीलाई बाढी तथा डुबानबाट पूर्णरुपमा सुरक्षित बनाउन नदीको दुवैतर्फ करीब ४० किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गर्नुपर्ने देखिन्छ । जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नेपालगन्जका इञ्जिनीयर हरिश पन्तका अनुसार तटबन्ध निर्माणको काम तिव्रताका साथ भइरहेको छ । बाढीबाट हालसम्म एक हजार १२२ घर पूर्णरुपमा तथा १५ हजार ७३७ घर आंशिकरुपमा क्षति हुँदा करिब ८० हजार बासिन्दा प्रभावित भएका थिए । दक्षिण–पूर्वमा पर्ने मटेहिया, सोनवर्षा र गङ्गापुरका स्थानीयवासीको करीब १० हजार बिघाभन्दा बढी जग्गा राप्ती नदीले कटान गर्नुका साथै बालुवा खेतमा भरिएपछि सयौँ किसान भूमिहीन भएका छन् । रासस