संघीय निजामती ऐन निर्माणमा ढिलाइ हुँदा कर्मचारी अभाव कायमै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संघीय निजामती ऐन निर्माणमा ढिलाइ हुँदा कर्मचारी अभाव कायमै


२५ श्रावण २०७६, शनिबार


वीरेन्द्रनगर । संघीय निजामती ऐन निमार्णमा ढिलाइका कारण कर्मचारी अभाव कायमै रहने भएको छ । करिब छ सय भन्दा बढी कर्मचारी अभाव भएको कर्णाली प्रदेशमा संघीय निजामती ऐन नबन्दा प्रदेश लोकसेवा आयोगलाई कर्मचारी पदपूति गर्न समस्या भएको जनाइएको छ ।

कर्मचारी अभावकै कारण अघिल्ला आर्थिक वर्षको बजेट पनि कार्यान्वयन हुन नसकेको कर्णाली प्रदेश सरकारले जनाएको छ ।

संघीय निजामती ऐन पारित हुने वित्तिकै प्रदेश सरकारले कर्मचारी भर्ना प्रक्रिया अगाडी बढाउने प्रवक्ता विमला केसीले जानकारी दिएकी छन् । प्रवक्ता केसीले सरकारले छिट्टै प्रदेश लोकसेवा आयोग पनि गठन गर्ने बताइन् ।

मुख्यमन्त्रीको अध्यक्षतामा सभामुख र प्रमुख विपक्षी दलको नेता सदस्य रहेको समितिले तीन सदस्यीय प्रदेश लोकसेवा आयोग गठन गर्नेछ । ऐन जारी भएको चार महिना बितिसक्दासमेत आयोग गठन गर्न नसकेको भन्दै प्रदेश सरकारको आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस