२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति ४४ अर्ब

अ+ अ-

काठमाडौं । सैनिक कल्याणकारी कोषको नगद मौज्दात रु ३८ अर्ब ५७ करोड ६० लाख पुगेको छ ।

कोषमा विसं २०७५ असार मसान्तमा नगद मौज्दात रु ३५ अर्ब ७७ करोड २४ लाख रहेकामा त्यसपछिको अवधिमा रु दुई अर्ब ८० करोड ३६ लाख वृद्धि भएको कोषद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कोषअन्तर्गत विभिन्न निकायमा असारसम्ममा भएको रु पाँच अर्ब ६४ करोड ३० लाख ४० हजार लगानीसमेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति रु ४४ अर्ब २१ करोड ९० लाख ४० हजार पुगेको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए ।

कोषको मुख्य आयस्रोतका रुपमा शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम, बैंक तथा वित्तिय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त ब्याज र सेनाद्वारा सञ्चालित विद्यालय एवं कलेजबाट प्राप्त हुने शिक्षण शुल्क रहेका छन् ।

कल्याणकारी कोषले जोखिममा परेको रकम घटाएर रु पाँच करोडबाट रू दुई लाख ६६ हजारमा झारेको छ । यसअघि जोखिममा रहेको रकम ८५ करोडको हाराहारीमा थियो । कोष र अन्तर्गतका निकायको रु ५० करोड २३ लाख ८६ हजार बेरुजु रहेकामा अघिल्लो वर्ष नै रू ३० करोड ४० लाख ७३ हजार फछ्र्योट भएको र बाँकी पनि फछ्र्योटका क्रममा रहेको सो अवसरमा जानकारी दिइयो ।

कोषको मूल धनमा प्राप्त हुने ब्याजबाट हिताधिकारीको शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतमा लगानी हुने गरेको छ । नेपाली सेनाले शान्तिस्थापनाका लागि लागि संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत प्राप्त रु एक करोड २४ लाख एक हजारबाट विसं २०३२ मा ‘बहुजन हिताय, बहुजन सुखाय’ को सोच राखी सो कोष स्थापना गरेको थियो ।

उक्त कोषको रकम मुलुकका विभिन्न २८ भन्दाबढी क वर्गका बैंक तथा वित्तिय संस्थामा निक्षेप रहेको जानकारी दिइयो । सेनाले कल्याणकारी कोषमाफर्त सञ्चालन भएका कार्यक्रमबाट राज्यलाई वार्षिकरुपमा रु ४५ करोड राजश्व दिँदै आएको बताइएको छ ।

उक्त कोषमार्फत सञ्चालनमा रहेका विद्यालय तथा महाविद्यालयको नतिजा अन्य शिक्षण संस्थानको तुलनामा अब्बल रहेको सेनाको जिकिर छ । उक्त कोषमार्फतका कार्यक्रम सञ्चालन गर्न वार्षिक रु पाँच अर्ब खर्च हुने गरेको छ । ती कार्यक्रममार्फत कोषले पछिल्लो समय वार्षिक रु छ अर्ब आम्दानी गर्दै आएको बताइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस