काठमाडौंको स्वयम्भूमा गोली चल्यो, एक जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौंको स्वयम्भूमा गोली चल्यो, एक जना पक्राउ


२४ श्रावण २०७६, शुक्रबार


काठमाडौं ।  काठमाडौंको स्वयम्भूस्थित विजेश्वरीमा गोली चलेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले विजेश्वरी हाउजिङको झिँगु क्याफेमा गोली हानेर ‘लोप्साङ’ भन्ने विजय लामा र अमृत तामाङलाई पक्राउ गरेको हो ।

अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार लामालाई घुँडामुनि गोली लागेको छ ।उनीहरुले रामेछापकै लिखु गाउँपालिका अध्यक्षसँग दुई करोड रुपैयाँ मागेका थिए ।

लोप्साङको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गाउँपालिका अध्यक्षले दुई करोड नदिए उनकी छोरीलाई मार्ने धम्की दिएपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस