पठाओका ट्याक्सी सेवा सुरु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पठाओका ट्याक्सी सेवा सुरु


२४ श्रावण २०७६, शुक्रबार


काठमाडौँ । मोटरसाइकलबाट यात्रु सेवा दिइरहेको राइड सेयरिङ एप पठाओले शुक्रवारदेखि काठमाडौँ उपत्यकामा ट्याक्सी सेवा सुरु गरेको छ।
यात्रुलाई सेवा दिन दुई सयभन्दा बढी ट्याक्सीसँग सम्झौता गरिएको पठाओले जनाएको छ ।
पठाओका प्रयोगकर्ताले एपको सहयोगले मोटरसाइकलजस्तै ट्याक्सीलाई पनि आफूले चाहेको ठाउँमा बोलाएर सेवा लिन सक्नेछन्।
पठाओको ट्याक्सी सेवा २४ घण्टा उपलब्ध हुनेछ। पठाओको मोटरसाइकल सेयरिङ सेवा पछिल्लो समय सहरमा लोकप्रिय बन्दै आएपछि ट्याक्सी सेवा सुरु गरेको हो ।
नेपालमा पठाओबाहेक सारथि, इ जी ट्याक्सी नेपालले यसअघि नै ट्याक्सी सेवा सञ्चालन गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस