काठमाडौँ । सर्लाहीबाट काठमाडौं आउँदै गरेको रात्रि बस शुक्रबार बिहान त्रिशूली नदीमा खस्न गई ३ जनाको मृत्यु भएको छ ।
नदीमा खसेको बसबाट १४ यात्रुको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङकाअनुसार सर्लाहीको सदरमुकाम मलंगवाबाट राजधानी काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटबाट बिहान सवा ३ बजेतिर त्रिशूली नदीमा खसेको हो। बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान छ।







