विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत पौने सात लाख घुससहित पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत पौने सात लाख घुससहित पक्राउ


२३ श्रावण २०७६, बिहिबार


घुस

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइराला ६ लाख ७५ हजार घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोइरालालाई बिहीबार साँझ दरबारमार्गको शेर्पा मलबाट घुस रकमसहित पक्राउ गरेको हो ।

कोइरालाले विद्यार्थीलाई पास गराइदिएवाफत घुस रकम असुलेको बताइएको छ।

घुस रकमसहित रंगेहात पक्राउ परेका कोइरालालाई अख्तियारले टंगालस्थित हिरासतमा राखेको छ। उनी विरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस