तीजको मौलिक परम्परा र सामाजिक मर्यादा नाघे कारबाही « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तीजको मौलिक परम्परा र सामाजिक मर्यादा नाघे कारबाही


२३ श्रावण २०७६, बिहिबार


काठमाडौँ । तीजको मौलिकता माथि नै आँच पु¥याउने तथा शान्ति सु व्यवस्थामा चुनौती सिर्जना गर्नेलाई कानुनी कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।

हिन्दु महिलाहरूको पर्वका रूपमा रहेको हरितालिका तीज पर्व मनाउने नाममा होटेल तथा पार्टी प्यालेसहरूमा दर खाने र भेटघाट गरी गहना प्रदर्शनका साथै फजुल खर्च गर्ने चलन बढेको भन्दै प्रशासनले रोक लगाएको हो ।

‘विभिन्न साङ्गीतिक कार्यक्रमका नाममा ध्वनि प्रदूषण गराउने जस्ता असामाजिक क्रियाकलाप गरी तीजको मौलिकता माथि नै आँच पु¥याउने तथा शान्ति सुरक्षा व्यवस्थामा थप चुनौती सिर्जना हुने गरी क्रियाकलापहरू हुँदै आएको सन्दर्भमा यस वर्षको हरितालिका तिजमा उक्त गतिविधिहरू नगरी परम्परागत मौलिक तथा धार्मिक संस्कृतिको जगेर्ना गर्नु गराउनु हुने यो सूचना जारी गरिएको छ’ प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालद्वारा जारी सूचनामा भनिएको छ ‘मौलिक परम्परा र सामाजिक मर्यादा नाघेर अस्वाभाविक कार्यक्रम तथा गतिविधिहरू सञ्चालन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने ब्यहोरा यसै सूचनामार्फत जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस