प्रतिनिधिसभाबाट दुई विधेयक २०७६ सर्वसम्मतिले पारित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रतिनिधिसभाबाट दुई विधेयक २०७६ सर्वसम्मतिले पारित


२३ श्रावण २०७६, बिहिबार


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७६’ र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान(पहिलो संशोधन) विधेयक २०७६ लाई सर्वसम्मतिले पारित गरेको छ । उद्योग तथा वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आजको बैठकमा ती विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसअघि सो विधेयकको सैद्धान्तिक छलफलमा सांसद प्रेम सुवाल, दीव्यमणि राजभण्डारी, मेटमणि चौधरी र भरतकुमार शाहले भाग लिँदै निर्यात र आयातबीच सन्तुलन कायम गरी नेपालको व्यापार घाटा कम गर्न सुझाव दिएका थिए ।

नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भइसकेको अवस्थामा विधेयक चाँडै आउनुपर्दथ्यो भर्दै उनीहरुले वस्तु आयातमा कडाइ गर्न सुझावसमेत दिए । साथै स्वदेशी उद्योगलाई विधेयकबाट अप्ठ्यारो पर्न नदिन सरकार सचेत बन्न सांसदले सरकारसित आग्रह गरे । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले सरकारले स्वदेशी उद्योगको संरक्षणमा ध्यान दिएको छ भने ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६’ पेश गरे।

Tags :
प्रतिक्रिया दिनुहोस