२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीलाई नमूना सङ्गठन बनाउने प्रयास : महानिरीक्षक खनाल

अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना सङ्गठनका रुपमा स्थापित गर्न खोजेको बताएका छन् ।

पूर्वप्रहरी सङ्गठनका पदाधिकारीसँग आज प्रहरी प्रधान कार्यालयमा आयोजित भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले नीतिगत तथा कानूनी विकास, कल्याणकारी योजना, आन्तरिक सुपरिवेक्षण, अन्तर्राष्ट्रि«य समन्वयमा नेपाल प्रहरीले उल्लेख्य उपलब्धि हासिल गरेको बताए ।

कार्यक्रममा नेपाल प्रहरीका वर्तमान गतिविधि र चुनौतीबारे प्रस्तुतीकरण गर्दै साङ्गठनिक सन्दर्भ, शान्ति सुव्यवस्था, अपराध नियन्त्रण र अनुसन्धानको अवस्था, नेपाल प्रहरीका सुधारका प्रयास र समुदाय–प्रहरी साझेदारी कार्यक्रमबारे उनले जानकारी गराए ।

विशिष्टिकृत अनुसन्धान एकाइको गठन, विध्वङ्सात्मक गतिविधि नियन्त्रण, लागुऔषध तथा अवैध सुन बरामद एवं अपराध नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरीले प्रभावकारी कार्य गर्दै आएको प्रहरी महानिरीक्षक खनालले जिकिर गरे ।

उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रम र यसका गतिविधिबारे प्रकाश पार्दै उनले यस अवधारणा संस्थागत होस् भन्ने चाहेको बताए । प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रणमा विशेष अभियान सञ्चालन, राजश्व योगदानका साथै विपद् उद्धारमा नेपाल प्रहरीले सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।

प्रहरी महानिरीक्षक खनालले विज्ञ र संवाहकका रुपमा रहेका पूर्वप्रहरी कर्मचारीसँग रचनात्मक सुझावको अपेक्षा गरिएको बताए । नेपाल पूर्वप्रहरी सङ्गठनका संरक्षक पूर्वप्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानले नेपाल प्रहरीले समाज र राष्ट्रलाई दूरगामी प्रभाव पार्ने नीति ल्याएको भन्दै प्रशंसा गरे ।

पूर्वप्रहरी सङ्गठनका राष्ट्रिय अध्यक्ष पूर्वप्रहरी वरिष्ठ उपरीक्षक वसन्तराज कुँवरले शान्तिसुरक्षा कायम गर्न प्रहरीले उत्कृष्ट काम गरेको बताए । कार्यक्रममा नेपाल प्रहरीका गतिविधि, चुनौती र भावी कार्यक्रम एवं नेपाल प्रहरीलाई अझै गरिमामय, विश्वासिलो र गतिशील बनाउने विषयमा छलफल भएको थियो ।