साफ फुटबलः उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

साफ फुटबलः उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने


२३ श्रावण २०७६, बिहिबार


काठमाडौं । घरेलु मैदानमा आयोजना हुन लागेको तेस्रो संस्करणको साफ यु–१८ (अठार वर्षमुनि) च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने छन् ।

आज सार्वजनिक गरिएको खेल तालिकाअनुसार हल्चोकस्थित शसस्त्र प्रहरी बल (एपिएफ)को खेल मैदान नेपालले पहिलो खेल असोज ३ गते खेल्नेछ । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का अनुसार साविक विजेता नेपालले दोस्रो खेल असोज ५ गते माल्दिभ्ससँग तथा समूहको अन्तिम खेल असोज ७ गते भुटानसँग खेल्नेछ ।

यस्तै समूह ‘बी’ मा भारत, श्रीलङ्का र बंगलादेश छन् । दुबै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनल खेल असोज १२ गते हुनेछ । प्रतियोगिता असोज ३ देखि १२ गतेसम्म चल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस