त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृत पराजुली पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृत पराजुली पक्राउ


२२ श्रावण २०७६, बुधबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्‍यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई पक्राउ गरेको छ ।

श्रम स्विकृति नलिई कतार, दुवईलगायतका मुलुकमा जाने विचौलिया समेतको मिलेमतोमा प्रस्थान अनुमति दिने र प्रस्थान अनुमति दिएको अभिलेखसमेत नराखी डिपार्चर स्ट्याम्प लगाइदिने कार्यमा उनको संलग्नता रहेको अख्तियारले जनाएको छ ।

उनले अध्यागमन कानुनको बर्खिलाप हुने गरी आर्थिक लाभ लिएको भन्ने कसुरमा उजुरी परेकाले पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस