२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती कर्मचारी अस्पतालद्धारा अनलाईनबाट टिकट काट्ने सेवाको सुरुवात

अ+ अ-

काठमाडौं । निजामती कर्मचारी अस्पतालले नेपालमै पहिलो पटक अनलाईनबाट टिकट काट्ने सेवाको सुरुवात गरेको छ । अस्पतालले बुधबारदेखि लागू हुने गरी ओ.पि.डीको टिकट काट्न अनलाईन सेवा सुरु गरेको हो ।

नयाँ व्यबस्था अनुसार ओ.पि.डी.तर्फ सेवाग्राहीले परीक्षण गर्ने अघिल्लो दिन बिहान ७ बजेदेखि परीक्षण गर्ने दिन बिहान ७ बजेसम्म अनलाईनमार्फत टिकट काट्न सक्नेछन् । इ.एच.एस. (पेइङ क्लिनिक)तर्फ परीक्षण गर्नेले अघिल्लो दिन बिहान १० बजेदेखि परीक्षण गर्ने दिन बिहान १० बजेसम्म अनलाईनमार्फत टिकट लिन सक्नेछन् ।

अस्पतालले अनलाईन सेवा प्रयोग गर्ने सेवाग्राहीलाई विशेष प्राथमिकता दिएको छ । अनलाईन सेवामार्फत टिकट खरिद गर्ने सेवाग्राहीले ओ.पि.डी.मा जचाउन पहिलो ग्राह्यता पाउने र रु ५ फिर्ता समेत पाउने छन् । हाल अनलाईन सेवामा सिमित टिकट राखिएको र विस्तारै सेवाग्राहीको माग अनुसार टिकट संख्या बढाउँदै लग्ने अस्पतालले जनाएको छ ।

अनलाईन सेवामार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे नामक एपलाई डाउनलोड गर्नुपर्छ । त्यसपछि प्रभु पे वालेटमा रजिस्टर भएपछि व्यक्तिले आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ । त्यसपछि उक्त एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ ।

हस्पिटल बटनभित्र प्रवेश गरेपछि निजामति अस्पताल (सिभिल सर्भिस हस्पिटल) मा जानुपर्ने हुन्छ । सिभिल अस्पताल क्लिक गरेपछि त्यहाँ नयाँ वा पुरानो ओपिडी भन्ने विकल्प आउने छ ।

त्यहाँ पुरानो हो भने पुरानो र नयाँ हो भने नयाँ ओ.पि.डी छान्ने । त्यसपछि आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्ने हुन्छ । उक्त प्रक्रियापछि बिरामीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ । सबै विवरण भरिसकेपछि टिकटको शुल्क प्रभु पेमा तपाईंको खातामा रहेको रकमबाट काटिने छ ।

निजामती अस्पतालले यस अघि बिरामीको ल्याब रिर्पोट पनि अनलाईनमार्फत हेर्न मिल्ने बनाएको छ । यस अस्पतालबाट दैनिक ८ सय भन्दा धेरै बिरामीले ओ।पि।डि सेवा लिर्दै आइरहेका छन् ।