नोबेल पुरस्कार विजेता टोनी मोरिसनको निधन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नोबेल पुरस्कार विजेता टोनी मोरिसनको निधन


२२ श्रावण २०७६, बुधबार


काठमाडौ । २०७६ नोबेल पुरस्कार विजेता लेखक  टोनी मोरिसनको निधन भएको छ।

अमेरिकामा अश्वेत महिलाको परिचय कमाएकी मोरिसन साहित्यतर्फको नोबेल पुरस्कार विजेता हुन्। उनको ८८ वर्षको उमेरमा मंगलबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ। सन् १९७० मा पहिलो उपन्यास ‘द ब्ल्युएस्ट आई’ प्रकाशन गरेकी थिइन्। उनका ११ उपन्यासमध्ये अधिकांश लोकप्रिय छन्।

उनका सुला, सङ अफ सोलोमन, टार बेबी, बिलोभ्ड, ज्याज, प्याराडाइज, लभ, अ मर्सी, होम र गड हेल्प द चाइल्ड उपन्यास प्रकाशित छन्। सन् १९९३ मा स्विडिस एकेडेमीले उपन्यासमार्फत अमेरिकी जीवनको वास्तविकताको पक्ष उजागर गरेको जनाउँदै ‘बिलोभ्ड’ कृतिका लागि साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरेको थियो।

उनी साहित्यतर्फको नोबेल पुरस्कार पाउने पहिलो अश्वेत महिला हुन्। अमेरिकी राष्ट्रपति बाराक ओबामाले मोरिसनलाई सन् २०१२३ मा ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’ प्रदान गरेका थिए। उनी ‘र्‍यान्डम हाउस’ को सम्पादक बन्ने पहिलो अफ्रिकी–अमेरिकी महिलासमेत हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस