काठमाडौं । काठमाडौँको बालुवाटारस्थित चिनियाँ दूतावास नजिक आगलागी भएको छ । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले बालुवाटारमा रहेको सुविसु कार्यालयमा आज अपराह्न आगलागी भएको जानकारी दिए । ‘ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक अनुमान छ’, उनले भने ।
ग्यास नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमंकल घटनास्थल पुगिसकेको प्रवक्ता ज्ञवालीले बताए ।रासस







