त्रिभुवन विमानस्थलमा छुट्टै ट्रान्जिट हल बनाइने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

त्रिभुवन विमानस्थलमा छुट्टै ट्रान्जिट हल बनाइने


२२ श्रावण २०७६, बुधबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै ट्रान्जिट हल बन्ने भएको छ ।

काठमाडौंमा ट्रान्जिट गरी विभिन्न गन्तब्यमा पुग्ने यात्रुको चाप बढ्न थालेपछि यस्तो छुट्टै हल निर्माण गर्न लागिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकले त्रिभुवन विमानस्थलमा ट्रान्जिट हल र ट्रान्जिट कार्गो वेयर हाउस बनाउने निर्णय गरेको हो । यसको व्यवस्था मिलाउने जिम्मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिइएको बताइएको छ ।

अहिले त्रिभुवन विमानस्थलमा एउटा कोठा ट्रान्जिटका लागि छुट्याइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांकअनुसार १ वर्षमा करिब १ हजार यात्रुले त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाएर यात्रा गर्ने गरेका छन् । सन् २०१८ को एक वर्षको अवधिमा ९ सय ५१ जनाले ट्रान्जिट प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस