कर्मचारीको सामूहिक राजीनामा स्वीकृत गर्ने सहमति « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कर्मचारीको सामूहिक राजीनामा स्वीकृत गर्ने सहमति


२२ श्रावण २०७६, बुधबार


काठमाडौं । निजामती कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने कानुनी व्यवस्था हुने भएको छ ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था राख्ने सहमति भएको हो । विधेयकको दफा १२१ मा बिभिन्न कारणले निजामती सेवाका कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्नसक्ने व्यवस्था छ ।

बुधबारको राज्य व्यवस्था समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस