प्रदेश नं २ को लोक सेवा विधेयक पारित « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

प्रदेश नं २ को लोक सेवा विधेयक पारित


२२ श्रावण २०७६, बुधबार


धनुषा । प्रदेश नं २ को मंगलबार बसेको प्रदेशसभा बैठकबाट लोक सेवा विधेयक पारित भएको छ ।

प्रदेश नं २ मा प्रदेश लोक सेवा आयोगको गठन काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो ।

बैठकमा टेबल भएको झण्डै अढाइ महीनापछि प्रदेश लोक सेवा विधेयक पारित भएको हो । यो विधेयक गत जेठ १२ गते प्रदेशसभा बैठकमा टेबल भएको थियो  ।

यो विधेयक पारित भएसँगै अब प्रदेश नं २ सरकारलाई लोक सेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ ।

प्रदेशसभामा पेश भएको यो विधेयकमाथि सैद्धान्तिक छलफल भई विशेष छलफलका निम्ति चार जना सांसद रहेको विशेष समितिमा पठाइएको थियो ।

सांसद परमेश्वर साह, रामाशिष यादव, रामसरोज यादव, गायत्री साहसहितको समितिले विधेयकलाई संशोधनसहित पारित गरेको बताए । समितिका संयोजकको जिम्मेवारी पाएका परमेश्वर साहले पटकपटक समितिको बैठक बसेर यो विधेयकमाथि छलफल गरिएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस