भारतीय पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतीय पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधन


२२ श्रावण २०७६, बुधबार


एजेन्सी । भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ एवं भारतीय पूर्व विदेश मन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ।

हृदयघातका कारण मङ्गलवार राति उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनलाई अचानक हृदयघात भएपछि राति सवा १० बजे अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो। तर उनलाई अस्पतालले बचाउन सकेन।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा सन्देश लेख्दै सुषमा स्वराजलाई श्रद्धाञ्जली दिएका छन्।

मोदीले स्वराजको निधनका कारण आफू मर्माहत भएको ट्वीट सन्देशमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस