उद्योग सचिव खतिवडालाई अनुपस्थित हुनुको कारण सोध्ने समितिको निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उद्योग सचिव खतिवडालाई अनुपस्थित हुनुको कारण सोध्ने समितिको निर्णय


२१ श्रावण २०७६, मंगलबार


काठमाडौँ । उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडालाई संसद्को सार्वजनिक लेखा समितिले बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको छ ।

मङ्गलवार संसद्को सार्वजनिक लेखा समितिले हुवाजिन सिमेन्टबारे छलफल गर्न बोलाएको बैठकमा निर्धारित समय भन्दा ढिला साढे ११ बजेसम्म पनि उपस्थित नभएपछि जानकारी नदिई बैठकमा अनुपस्थित भएकी उद्योग सचिव खतिवडालाई के कारणले अनुपस्थित भएको हो सो को कारण सोध्ने समितिले निर्णय गरेको हो ।

चिनियाँ लगानीमा निर्माणाधीन हुवाजिन सिमेन्ट उद्योगबारे विस्तृत छलफल गर्न बोलाइएको बैठकमा उद्योग सचिव खतिवडा जानकारी नदिई अनुपस्थित भएको समितिले जनाएको छ ।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई पनि बोलाएकोमा उनी पनि अनुपस्थित रहेका थिए ।

धादिङको रोराङ गाउँपालिकामा निर्माणाधीन कम्पनी विवादमा तानिएपछि गठित उपसमितिको प्रतिवेदनमा उठाइएका सावलहरुबारे सचिव खतिवडा र बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीसँग विस्तृत छलफलका लागि समितिले बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस