कर्मचारीलाई घर बिदाको सट्टा पुर्नर्ताजगी बिदा प्रस्ताव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारीलाई घर बिदाको सट्टा पुर्नर्ताजगी बिदा प्रस्ताव


२१ श्रावण २०७६, मंगलबार


काठमाडौँ। सांसद जनार्दन शर्माले सरकारी कर्मचारीलाई घर बिदाको सट्टा पुनर्ताजगी बिदा दिने प्रस्ताव गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद शर्माले मङ्गलवार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती कर्मचारीले पाउने बिदा सम्बन्धी व्यवस्थामाथिको छलफलमा पुनर्ताजगी बिदा थप्न भनेका हुन् ।

कर्मचारी बिदामा बस्दा पुनर्ताजगी भएर अफिस आउनुपर्ने उल्लेख गर्दै ‘घर बिदा’ भन्ने व्यवस्था हटाएर ‘पुनर्ताजगी बिदा’ लेख्ने प्रस्ताव गरेका हुन् ।

‘घर बिदा काटेर पुनर्ताजगी बिदा लेखौँ’ शर्माले भने, ‘फ्रेस भएर आउने हो नि त । झन् टेन्सन बोकेर अफिस आउने हो भने त बिदाको के अर्थ ?’

हाल कर्मचारीले १२ दिन काम गर्दा १ दिन घर बिदा पाउने व्यवस्था छ । यसरी एक वर्षमा घर बिदाको समय ३० दिन हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस