डिस्चार्ज भएलगत्तै विप्लव कार्यकर्ता पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

डिस्चार्ज भएलगत्तै विप्लव कार्यकर्ता पक्राउ


२१ श्रावण २०७६, मंगलबार


धनगढी । धनगढी बम विस्फोटमा घाइते भएका विप्लवका एक कार्यकर्तालाई प्रहरीले अस्पतालबाट डिस्चार्ज भएलगत्तै पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–३, सहीदगेटमा भएको शक्तिशाली बम विस्फोटमा घाइते लक्ष्मण सरेलालाई वडा प्रहरी कार्यालय धनगढीको टोलीले नियन्त्रणमा लिएको हो ।

स्वास्थ्यलाभपश्चात ह्विलचियरमा बसेर घर फर्कन लागे उनलाई प्रहरीले नियन्त्रण लिएको हो।

सरेला बम विस्फोटमा संलग्न भएकाले अस्पतालबाट डिस्चार्ज भएलगत्तै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।

गत साउन २ मा धनगढी उपमहानगरपालिका–३, सहीदगेटमा विप्लव कार्यकर्ता आफैंले बोकेको शक्तिशाली बम विस्फोट भएको थियो । जसमा एक जनाको मृत्यु भएको थियो भने सरेलासहित ४ जना घाइते भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस