सरकारले राखेको समृद्धि हासिल गर्न मन्त्रालयको संख्या थप्न सुझाव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारले राखेको समृद्धि हासिल गर्न मन्त्रालयको संख्या थप्न सुझाव


२१ श्रावण २०७६, मंगलबार


काठमाडौँ । गण्डकी प्रदेश सरकारलाई मन्त्रालयको संख्या बढाउन सुझाव दिइएको छ ।

मन्त्रालयको संख्या र सङ्गठनात्मक स्वरूप निर्धारण गर्न गठित टोलीले मुख्यमन्त्री कार्यालयसहित ७ मन्त्रालय रहेको गण्डकी प्रदेशमा तीन वटा मन्त्रालय थपेर १० पुर्‍याउन सुझाव दिइएको हो

प्रदेश सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) लाई अध्ययनको जिम्मा दिएको थियो ।

अहिलेको कर्मचारी संयन्त्रबाट प्रदेश सरकारले राखेको समृद्धि हासिल गर्न कठिन देखिएपछि प्रशासनिक संरचनामा केही फेरबदल गर्न लागिएको प्रदेश सरकारको भनाई छ ।

हरेक मन्त्रालयमा महाशाखा र शाखासमेत हेरफेर गर्न सकिने प्रतिवेदनले सुल्झाएको छ भने प्राविधिक र विशिष्टकृत कर्मचारी निश्चित समयका लागि करारमा राख्न सुझाइएको छ ।

यसैबिच मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सबै मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गर्दै एक साताभित्र प्रतिवेदनमाथिको मन्त्रालयगत सुझाव दिन निर्देशनसमेत दिएका छन् ।

प्रतिवेदनमाथि अन्तिम छलफल पछि स्वीकृतिका लागि सङ्घीय सरकारलाई पठाउने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस