२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सा आयोगको उपाध्यक्षमा नौ चिकित्सकको कार्ययोजना

अ+ अ-

काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा आयोगको उपाध्यक्ष पदका प्रत्याशीका बीचमा यही साउन २६ र २७ गते कार्ययोजना प्रस्तुति गरिने भएको छ । उपाध्यक्ष छनोट समिति सचिवालयका अनुसार ११ जना चिकित्सकले सो पदका लागि दरखास्त दिएका थिए । तीमध्ये नौ जना चिकित्सक कार्ययोजना प्रस्तुतिका लागि छनोटमा परेका छन् ।

दुई जना आवेदकको निवेदन छनोट समितिले रद्द गरेको छ । उपाध्यक्ष पदका लागि यही साउन १ देखि १५ गतेसम्म आवेदनको समय निर्धारण गरिएको थियो । यही साउन २६ गते प्रा डा.पारस पोखरेल, प्रा.डा नीलमणि उपाध्याय, प्रा डा.तरुण पौडेल, प्रा डा. यहुनचन्द्र शिवाकोटी र प्रा डा.रमेशप्रसाद सिंहले आफ्नो कार्ययोजनाका प्रस्तुति गर्नेछन् ।

यसैगरी साउन २७ गते प्रा डा.राजेन्द्रप्रसाद साह, प्रा डा.सुरेन्द्र शेरचन, प्रा डा. शम्भुकुमार पहारी र प्रा डा. श्रीकृष्ण गिरीले प्रस्तुति दिनेछन् ।

समितिले आवेदनको सूचना प्रकाशित गर्दा सार्वजनिक लाभ हुने पदमा नभएका, आफ्नो कलेज वा लगानी नभएका, कुनै संस्थाको सञ्चालक नभएका जस्ता विषय खुलाएर लिखित रुपमै खुलाउन माग गरेको थियो । छनोट समितिले नौजना विज्ञ चिकित्सकमध्ये तीन जनाको नाम सरकारलाई सिफारिस गर्नेछ । आयोगको गत चैत ४ गते बसेको पहिलो बैठकले लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वमा उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो । राष्ट्रिय चिकित्सा शिक्षा ऐनअनुसार सिफारिस समितिमा लोकसेवा आयोगका अध्यक्ष संयोजक रहने व्यवस्था छ ।