२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सम्पदा मार्ग’ निर्माण गर्दै काठमाडौँ महानगरपालिका

अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाले घनाबस्तीका बीचमा समेत रमणीय वातावरणमा पैदल यात्राका लागि ‘सम्पदा मार्ग’ निर्माण गर्ने भएको छ । हनुमानढोकाबाट स्वयम्भूसम्मको पदयात्रा निर्माणका लागि गुरुयोजना बनिसकेको महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए ।

आन्तरिक र बाह्य दुवै खालका पर्यटकलाई आकर्षित गर्न सो मार्ग निर्माण गर्न लागिएको उनले जानकारी गराए । हिँड्नका लागि रमणीय वातावरण बनाउन कामपा, शहरी योजना आयोगले डिजाइन गरिसकेको छ । यो मार्ग नयाँ नभएर पुरानै मार्ग भएको उनको भनाइ छ । उनले भने, ‘पहिलेदेखिको सो मार्ग ब्यूँताउनका लागि मात्रै हामीले योजना बनाएका हौँ ।’

सम्पदा मार्गले पर्यटकसँगै स्थानीयवासीलाई समेत फाइदा गर्ने प्रवक्ता डङ्गोलले बताए । घनाबस्तीका कारण काठमाडौँमा हिँड्ने ठाउँ बाँकी नरहेकोे उनको भनाइ छ । अहिले कतिपयले रोगका कारण त कतिपयले त्यसै पनि नियमितरुपमा हिँड्न चाहेका उनले बताए । ज्येष्ठ नागरिक बिहान साँझ हिँड्न चाहँदा पनि सवारी चापका कारण हिँड्न सकिरहेका छैनन् । उनले भने, ‘पैदलयात्रु मात्रै हिँड्ने मार्ग निर्माण गरेपछि बालकदेखि वृद्धसम्म सबै निर्धक्क हिँड्न सक्नेछन् ।’

शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले आयोगले आगामी आवको कार्यक्रममा परेका ४२ आयोजना जस्तै सम्पदा मार्गका लागि डिजाइन भइसकेको बताए । सो मार्ग हिँड्दा सबै उमेर र सबै क्षेत्रका व्यक्तिलाई आनन्द लाग्ने गरी डिजाइन गरिएको छ । उनले भने, ‘मार्गमा परेका कतिपय घरलाई क्षतिपूर्ति दिएर भए पनि योजना अघि बढाउनुपर्छ ।’ महानगरले सम्पदा मार्गको निर्माण सम्पन्न भएपछि पशुपतिदेखि बौद्धसम्मको समेत सम्पदा मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बनाएको छ ।