सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ६७ हजार ८ सय रुपैयाँ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ६७ हजार ८ सय रुपैयाँ


२० श्रावण २०७६, सोमबार


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड राख्ने क्रम जारी छ। सोमबार सुन हालसम्मकै उच्च रहेको छ । एकै दिनमा तोलामा १५ सय रुपैयाँले बढेर प्रतितोला ६७ हजार ८ सय रुपैयाँ पुगेको छ । आइतबार ६६ हजार तीन समय रुपैयाँमा कारोबार भएकोे थियो । फेडेरल रिजर्भ बैंकले ब्याजदर घटाएपछि लगानीकर्ताहरु सुन तर्फ आकर्षित भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदी तर्फ पनि मूल्य बढेको छ । तोलामा २० रुपैयाँले बढेर ७९५ रुपैयाँ पुगेको छ । साउन १३ गते ६५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन त्यसको एक सातामा सुन २६ सय रुपैयाँले बढिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस