भारत प्रशासित कश्मीरमा कश्मीर तनाव: नेता नजरबन्दमा, संचारसम्बन्ध विच्छेद « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारत प्रशासित कश्मीरमा कश्मीर तनाव: नेता नजरबन्दमा, संचारसम्बन्ध विच्छेद


२० श्रावण २०७६, सोमबार


भारत-प्रशासित जम्मू-कश्मीरमा विपक्षी मुस्लिम नेताहरूलाई नजरबन्द गर्दै सम्पूर्ण सञ्चार सेवासमेत बन्द गरेको छ ।

राजधानी श्रीनगरमा अनिश्चितकालीन कर्फ्यु आदेश गर्दै सरकारले नेश्नल कन्फरेन्सका नेता उमर अब्दुल्ला, पीडीपी अध्यक्ष मेहबूबा मुफ्ती र जम्मू कश्मीर पीपल्स कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरूकै घरमा नजरबन्द गरिएको बीबीसीले समाचार लेखेको छ ।

संविधानको धारा १४४ लागु गर्दै श्रीनगरमा मानिसहरूको आवतजावतमा कडाइ गरिएको छ। आदेशपछि मानिसहरूको आवतजावतमा बन्देज लगाइएको छ र सबै शिक्षण संस्थाहरू बन्द भएका छन्। श्रीनगरमा मोबाइल फोन र इन्टरनेटको सेवा पनि बन्द गरिएको छ।

कश्मिरमा अशान्ति मच्चिन थालेपछि शुक्रवारबाट सुरु भएको पवित्र हिन्दु तीर्थस्थल अमरनाथ यात्रा रद्द गरिएको थियो । अमरनाथ गुफा दर्शनका लागि पुगेका हजारौँ भक्तजन र पर्यटकलाई तत्काल कश्मिर घाटी छाडेर जान आग्रह गरिएको थियो । दुवै देशहरूले दाबी गर्दै आएको कश्मीरका सशस्त्र विद्रोहीहरूलाई पाकिस्तानले सहायता गरेको आरोप भारतले लामो समयदेखि लगाउँदै आएको छ।

सन् १९४७ मा भारत र पाकिस्तान टुक्रिएपछि दुई देशबिच चार पटकसम्म युद्ध भइसकेको छ।

प्रतिक्रिया दिनुहोस