सशस्त्र प्रहरीका ३ एआईजीको सरुवा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सशस्त्र प्रहरीका ३ एआईजीको सरुवा


१९ श्रावण २०७६, आइतबार


काठमाडौँ । सरकारले सशस्त्र प्रहरीका ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ ।

नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले एआईजीहरुको सरुवा गरिएको बताए ।

सीमा सुरक्षा विभागका पुष्पराम केसीलाई सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ भने मानवस्रोत साधान विभागका नारायणबाबु थापाको सीमा सुरक्षा विभागमा र मानव स्रोत साधान विभागमा रामशरण पौडेलको सरुवा भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस