आइतबार २० अर्ब निक्षेप सङ्कलन उपकरणको बोलकबोल हुने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आइतबार २० अर्ब निक्षेप सङ्कलन उपकरणको बोलकबोल हुने


१७ श्रावण २०७६, शुक्रबार


राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु २० अर्ब बराबरको निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार यही साउन १९ गते १५ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल गरिने भएको छ ।

बैंकले त्यसलाई निक्षेप सङ्कलन उपकरणको नाम दिएको छ । घटीमा रु पाँच करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कूल आह्वान रकमसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने र बहुब्याजदरमा पनि गर्न सकिने व्यवस्था गरिएको छ ।

उक्त बोलकबोल प्रक्रियामा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ । निक्षेप सङ्कलनको रकम सम्बन्धित बोलवालाको लगानी हुने भएकाले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस