चारैजना छोराछोरी अपाङ्गता भएका लक्ष्मण भन्छन् -‘घर आगन मै सरकार आइपुग्यो’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चारैजना छोराछोरी अपाङ्गता भएका लक्ष्मण भन्छन् -‘घर आगन मै सरकार आइपुग्यो’


१६ श्रावण २०७६, बिहिबार


इटहरी । इटहरी वडा नम्वर दुईको तामाङ्गचौकको एउटा घर,एउटै कोठाको चार कुनामा चारै ओछयानमा चार जना छोरा छोरी सुतिरहेका छन । १४ देखि २९ बर्षसम्मका दुईछोरा र दुई छोरी उनीहरु कोही पनि आँखा देख्न सक्दैनन । कान्छो छोरो बाहेक कोहि पनि बोल्न समेत सक्दैनन । उठेर हिडन त परै जाओस,बस्न पनि सक्दैनन । ओल्टाइपल्टाइ गर्नुपर्छ । अलि अलि मात्र आँखा देख्न सक्ने कान्छोछोराको अवस्था पनि विस्तारै अन्य दाजु दिदीको जस्तै बन्दै गएको छ ।

यहि परिवारका लागि इटहरी उपमहानगरले एकलाख सहयोग गर्ने भएको छ । यो जानकारी दिन उपप्रमुख लक्ष्मी गौतम तामाङ्ग परिवारको घरमै पगिन् । उपमेयर गौतमका अनुसार यसबर्षको वजेटमै उनीहरुको लालनपालनका लागि भनेर एकलाख वजेट ब्यवस्था गरेका छौ,अर्को बर्ष बढाउने छौ ।

त्यसको करिव २० दिनअघिमात्र इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम सहित सामाजिक विकास महाशाखाको टोली इटहरी २ स्थित लक्ष्मण तामाडको घर पुगेको थियो । टोलीले लक्ष्मण तामागकी जेठी छोरी अस्मिता, जेठो छोरा सरोज,कान्छी छोरी सुस्मिता र कान्छो छोरा संदीपलाई पूर्ण अपांगता भएको रातोकार्ड वितरण गरेको थियो ।

इटहरी सरकारको यस्तो सहयोग पाएपछि बुवा लक्ष्मण तामाङ्ग भन्छन् – सरकार घरदैलोमै आएको महशुस भयो । रातोकार्ड पाएपछि मासिक तीनहजार रकम पाउने प्रावधान छ ।
एकैपरिवारका चारै जना सन्तानको त्यो अवस्था देखेर उपमेयर गौतमले उपमहानगरले मिल्ले र सक्ने सम्म सहयोग गर्ने बताए । उनले यो घरलाई मन्दिर सम्झेर सहयोग गर्न सवैपक्ष सँग आग्रह समेत गरेका छन् ।

उनले भने, ‘एकै परिवारको यस्तो अवस्था विरलैको हुन्छ यि सन्तानलाई भगवान सम्झेर सहयोग गरौ ।’ १४ देखि २८ बर्षसम्मका चारै जना छोरा छोरी जो आँखा देख्दैनन,बोेल्न सक्दैनन,जीउ लल्याकलुलुक छ उठेर वस्न सक्दैनन । दिशा पिसाव पनि सुतेकै ठाँउमा गराउनुपर्छ । नुहाउने, धुवाउने, खुवाउने, सरफाईमा तामाग दम्पति अहोरात्र खटनुपर्छ । आमा जसमाया भन्छन्“रातभर सुत्न पनि पाइदैन,पालो पालो रेखदेख गर्छौ । मेरो अरु केहि काम छैन यिनै छोराछोरीलाई भगवान ठानेर स्याहार सुसार गरिरहेकी छु ।’ बुवा लक्ष्मण सेवा निवृत नेपाली सेना हुनुहुन्छ । उहाँको पेन्सनवाट आउने रकम वाट जेनतेन परिवार धानिरहेका छन् । उनी भन्छन् यो भन्दा गाहो के हुन्छ होला र ?

बत्रुवा लक्ष्मणका अनुसार जेठी छोरी अस्मिता सात बर्षसम्म सवै ठीक थिइन । त्यसपछि विस्तारै आँखा देख्न छाडिन,एक बर्षमा पुरै आँखा नदेख्ने भयो,त्यसपछि ढल्ने वेहोस हुने समस्या भयो,केहि समय पछि केहि थाहा नपाउने भएर ओछयानको ओछयान भइन । अरु दुईजनालाई पनि ठयाक्कै त्यस्तै भयो । कान्छोछोराले पनि आँखा देख्न सक्दैनन हिडडुल गर्न भने सक्छन । राम्रो अस्पतालमा लगेर उपचार गर्न सके हुन्थ्यो भन्ने उनीलाई लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस