अज्ञात समूहद्वारा डोटीमा एनसेल टावरमा आगजनी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अज्ञात समूहद्वारा डोटीमा एनसेल टावरमा आगजनी


१६ श्रावण २०७६, बिहिबार


डोटी । डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ गोगनपानीमा रहेको एनसेल टावरमा बुधवार राति अज्ञात समूहले आगजनी गरेको छ ।

पर्खालको गेटको ताल्चा फोरेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लाल बहादुर धामीले बताए ।

आगजनी बाट आगजनीबाट सिस्टम सञ्चालन गर्न प्रयोग गरिएका विभिन्न केबलहरू, बिटिएस र्याक, ब्याट्री र्याक, एसइडिपी च्यानल लगायतका सामानहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

घटनाबारे बिहीबार बिहान मात्रै खबर भएको र जानकारी पाए लगत्तै घटनास्थल पुगेको घण्टेश्वर प्रहरीचौकीका प्रमुख असइ करन सीँ धामीले जानकारी दिए । उनका अनुसार बुधवार बेलुका ५ बजेदेखि ९ बजेसम्ममा घण्टेश्वर प्रहरीचौकीबाट सुरक्षा दिइएको र रातीको समयमा टावर जलाइएको बताए

डोटीमा भइरहेको आगजनीको यो चौथो घटना हो । यस भन्दा पहिले बडी केदार गाउँपालिकाको वडा न ४, जोरायल गाउँपालिकाको वडा नम्बर ४ र शिखर नगरपालिकाको वडा नम्बर ७ मा पनि आगजनी गरिएको थियो ।

घटनाको बारेमा विस्तृत रूपमा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालले जनाएको छ । तर हाल सम्म कुनै पनि घटनाको अनुसन्धान भइसकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस