२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोजना कार्यान्वयन गर्दै काठमाडौँ महानगरपालिका

अ+ अ-

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा उद्यान, पैदालमार्ग, शौचालयलगायत ४२ आयोजना कार्यान्वयन गर्ने भएको छ । गत आवमा शहरी विकास योजनाले डिजाइन गरेका आयोजना कार्यान्वयनका लागि महानगरले चालू आवमा रु ९५ करोड ९६ लाख विनियोजन गरेको छ ।

पहिले वडावडाबाट आएका मागका आधारमा नै आयोगले यी आयोजनाको डिजाइन गरेको आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए । आयोगले इञ्जिनीयरिङमा स्नातक सकाएका ३२ विद्यार्थीलाई छ महीनासम्म सहभागी गराएर डिजाइन गरेको उनले बताए । उनीहरुलाई यातायात र खाजा खर्चस्वरुप मासिक रु १५ हजार दिएर काममा लगाइएको उनले बताए । ‘आयोगका कर्मचारी र विज्ञ त्यसमा संलग्न थिए’, बस्नेतले भने ।

सबैभन्दा बढी योजना उद्यान र सम्पदा संरक्षणसम्बन्धी छन् । यी आयोजना कार्यान्वयनका लागि सम्बन्धित वडा, शहरी पूर्वाधार विभाग, सम्पदा विभागलगायत स्थानमा गएको उपाध्यक्ष बस्नेतले बताए । अहिले कामपाले सबै आयोजनाका लागि बजेट विनियोजन गरेको भए पनि कतिपयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ठूला सस्ंथालाई पनि यी आयोजनामा सहभागी गर्ने कामपाको योजना छ ।

उनले भने, ‘कुनै एउटा आयोजनामा हामीले अरु संस्थालाई सहभागी गराउँदा त्यहाँबाट बचेको रकम अर्को कुनैमा खर्च गर्न सकिन्छ ।’ कतिपय योजना ठेक्का सम्झौतामार्फत कार्यान्वयनमा गइसकेका छन् भने कतिपय कार्यान्वयनका क्रममा छन् । निर्माणका क्रममा बाधा नपुगे ती योजना डेढ वर्षसम्ममा सम्पन्न हुने कामपाले जनाएको छ ।